४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


टर्की भूकम्पमा ३ सयभन्दा बढीको मृत्यु



एजेन्सी । टर्कीमा ११ मिनेटको अन्तरमा गएका दुई शक्तिशाली भूकम्पमा ३ सय भन्दा बढी मानिसको मृत्यु भएको छ। टर्कीका गृहमन्त्री सुलेमान शोयलूले भूकम्पको ठूलो असर देशका मुख्य १० सहरमा बढी परेको बताएका छन्। कहमानमारश, हेटे, गाजिएनटेप, आस्मानिए, अदियामान, सनलिउर्फा, मलेटिया, अदाना, दियारबाकिएर र किलिस सहर सबैभन्दा बढी प्रभावित बनेका छन्।
साथै सीरियामा पनि ठूलो क्षति भएको छ। टर्की र सीरियामा गरी अहिलेसम्म ३०० भन्दा बढीको मृत्यु भएको गृहमन्त्री सुलेमानले बताएका छन्। मृतकको संख्या बढिरहेको उनको भनाइ छ।
टर्की सरकारले आपतकाल घोषणा गरेको छ। मृतकमध्ये सीरियाका २३७ जना रहेको सीरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ। जहाँ ६०० भन्दा बढी घाइतेहरुको उद्धार गरिएको छ। यता टर्कीका भने अहिलेसम्म ७६ जनाको शव निकालिएको र ४४० भन्दा बढी घाइतेको उद्धार गरिएको छ।
सोमबार बिहान स्थानीय समय अनुसार ४ बजेर १७ मिनेटमा ७.८ रेक्टरस्केलको पहिलो भूकम्प गएको थियो। त्यसकै ११ मिनेटपछि फेरि ६.७ रेक्टरस्केलको भूकम्प गएको थियो।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  २ : २० बजे