१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


टर्कीमा फेरि शक्तिशाली परकम्प, मृत्यु हुनेको संख्या १२ सय नाघ्यो



एजेन्सी । टर्कीमा फेरि शक्तिशाली परकम्प गएको छ । सोमबार बिहान त्यहाँ ७.८ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो ।
त्यसपछि पनि त्यहाँ परकम्पहरु गइरहेका छन् । जसमध्ये नेपालको समय अनुसार दिउँसो ४ बजेर ९ मिनेटमा ७.५ म्याग्निच्युटको अर्को शक्तिशाली परकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
भूकम्पको धक्का छिमेकी देशमा समेत महसुस भएको छ । टर्कीपछि सिरियामा भूकम्पबाट धेरै क्षति भएको छ । दुई देशमा गरेर अहिलेसम्म १ हजार २०० जनाभन्दा धेरैको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
टर्कीका राष्ट्रपति रिसेप इर्डोगनले आफ्नो देशमा मात्रै अहिलेसम्म ९१२ जनाको मृत्यु भएको छ ५ हजार ३०० जना घाइते भएको जानकारी आएको बताएका छन् ।
सिरियामा पनि ३२० जनाको मृत्यु भएको बेलायती मानवअधिकारवादी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

उद्धारकर्ताहरुले भूकम्पबाट भत्किाएका भग्नावशेषमा पुरिएकाहरुको खोजी तथा उद्धार गरिरहेका छन् ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ७ : ०६ बजे