१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको पाटन दरवारभित्र पसेर मूर्तिमा कसले दल्यो अपमानपूर्ण तरिकाले रंग ?




ललितपुर खबर
२४ माघ । पाटन दरवारस्थित विश्वनाथ महादेवको मन्दिरमा रहेका विभिन्न देविदेवताको मूर्तिमा अपमानपूर्ण तरिकाबाट रंग दलेको भेटिएको छ ।
दरवारमा सोमबार ती मूर्तिहरुमा रंग दलिएको अवस्थामा फेला परेपछि स्थानीयहरु स्तव्ध बनेका छन् । मन्दिरको पछाडि तर्फको प्रवेशद्वारमा रहेको भिमसेनको मूर्तिको शिरमा र कुवेरको मूर्तिको आँखामा सेतो रंग दलिएको छ । मन्दिरको काठमा कुँदिएको मूर्ति र काष्ठकलामा पनि रंग दलिएको अवस्थामा फेला परेको छ ।
पाटन दरवारमा भेटिएका स्थानीय रमेश महर्जनले पुरातात्विक एवं धार्मिक स्थलमा रहेका हिन्दुहरुको आश्थाको केन्द्रमा अपमानपूर्ण तरिकाले रंग दल्नु खेदजनक भएको बताए । उनले भने, ‘यो हाम्रो धार्मिक आश्थामाथि प्रहार भएको छ । प्रशासन के हेरेर बसेको छ ।’


पाटन दरवारको संरक्षण र हेरचाह गर्न कार्यालय नै खडा गरिएको छ । सो कार्यालकी प्रमुख शारदा शिवाकोटी एक हप्तादेखि काज विदा रहेकी थिइन् ।
उनी आजबाट कार्यालय फर्कदै गरेको र मूर्तिहरुमा रंग दलिएकोबारे बुझेर मात्रै भन्न सकिने बताइन् । उनले भनिन्, ‘यसरी रंग लगाउन पाइदैन ।’
पाटन दरवार हेरचाह कार्यालयकी कर्मचारी अञ्जु शर्मा मूर्तिहरुमा बच्चाहरुले रंग लगाएको फेला खुलेको बताइन् । रंग काठमाडौं उपत्यका उपत्यका संरक्षण ट्रष्टले मेलाउने तयारी गरेको बताइन् ।

मूर्तिमा मात्रै होइन पाटन दरवारभित्र निर्माणाधिन मन्दिरका फर्मा, सूचना पाटी र टिकट काउण्टर लगायतका ठाँउमा रंग लगाइएको थियो । दरवार हेरचाहले ती रंग लगाउदा बेवास्ता गरेको पाइएको छ ।
दरवारपरिसरमा धुम्रपान निषेध लेखिएको बोर्डमा समेत कालो अक्षरले केरमेट गरिदा पनि नगर प्रहरीले बेवास्ता गरेको देखिन्छ । यहाँ नगरप्रहरीले दुई जना कर्मचारी खटाएको छ । भने दरवारपरिसरमा पर्यटन प्रहरीको कार्यालय पनि छ ।


महानगरका नगरप्रहरी प्रमुख सितारानम हाथेछुले मूर्तिमा रंग दलिएकोबारे आफूलाई खबर नआएको बताए । उनले भने, ‘म बुझ्छु । के भएको रहेछ ।’
पोलमा राखिएको धुम्रपान निषेधको बोर्डमा रंग दल्ने व्यक्ति भने आफूले खोजिरहेको बताए । उनले भने,‘एउटा व्यक्तिको तस्विर आएको छ । हामी खोजिरहेका छौं ।’


दरवारमा सधै भीड हुने चिया, खाजा बेच्नेको व्यापारी बढेपछि महानगरले प्रतिबन्ध लगाएको थियो । यहाँ दरवारको पेटीमा जोडीहरु अंगालोमा बाधिएर बस्ने र अवान्छित क्रियाकलाप समेत हुने गरेको स्थानीयहरु बताउछन् ।
दरवार क्षेत्र रातको ९ बजे बन्द हुन्छ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ९ : ०७ बजे