१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


ज्योति मगरको कामुक प्रस्तुती : अर्घाखाची महोत्सवमा भाग लिने भएपछि १० संघ संस्थाको विरोध




२४ माघ । कामुक प्रस्तुती दिएर सधै चर्चा र विवादमा आइरहने ज्योति मगर अर्घाखाँची महोत्सवमा भाग लिने भएपछि विभिन्न १० संघ संस्थाको विरोधकोबीच गायिका ज्योति मगर त्यसतर्फ जाँदै छिन् ।
विरोधको आवाज आएसँगै सामाजिक सञ्जालमा प्रतिवाद गर्दै मगरले हात्ती चल्यो बजार, कुकुर भुके हजार भन्दै आफू प्राइभेट कार चढेर १५देखि १६ घण्टाको यात्रा तय गरेर अर्घाखाँची जाने लेखेकी छिन् ।
उनले आफूलाई हिम्मत छ भने रोकेर देखाउनुस् चेतावनी दिएकी छिन् ।
‘म भोलि अर्घाखाँचीमा आफ्नो प्रस्तुति दिंदैछु । म ज्योति मगर र मेरो दायित्व दर्शक–श्रोताको मनोरञ्जनको साथै मजस्ता हजारौं युवतीहरु जो सामाजिक कुसंस्कारको सिकार भई आफ्नो इच्छा, आकांक्षा र अधिकारबाट वञ्चित छन् उनीहरुलाई मार्गदर्शन गर्नु पनि हो ।’ उनी पूर्वको उर्लाबारीबाट त्यसतर्फ प्रस्थान गर्दैछिन् ।

अर्घाखाँचीका १० संघसंस्थाले विज्ञप्ति जारी गर्दै मेला महोत्सवमा मगरले गाउने गीत र नृत्यले नेपाली मौलिक कला संस्कृतिको पक्षमा सुखद् सन्देश दिन नसक्ने बताएका थिए ।
उनले बेला बेलामा दोहोर अर्थ लाग्ने शव्द र यौनउत्तेजक छोटा कपडा लगाएर नृत्य गर्ने गरेकी छिन् ।

 

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  १० : २३ बजे