९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


साफ महिला च्याम्पियनसिपः भारतलाई हराउँदै नेपाल फाइनलमा



काठमाडौं, २४ माघ ।  नेपाल बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा मंगलबार भारतलाई ३–१ गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
नेपालको जितमा अन्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक एक गोल गरिन् ।

भारतकी अपूर्ण नार्जारीले गोल गरिन् ।नेपालले एक गोलको सुरुआती अग्रता उल्टाएर भारतलाई हराएको हो । खेलको २० औं मिनेटमा अपूर्ण नार्जारीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन् । खेलको दोस्रो हाफमा नेपाल खेलमा फर्कियो ।

खेलको ४८ औं मिनेटमा अन्जली चन्दले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याइन् । खेलको ६९ औं मिनेटमा कप्तान प्रिती राईले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाइन् ।

खेलको ८९ औं मिनेटमा अमिषा कार्कीले गोल गर्दै नेपाललाई ३–१ को जित दिलाइन् । जितसँगै नेपालले ३ खेलमा ६ अंक जोड्यो । नेपाल शीर्ष स्थानमा समेत उक्लिएको छ । भारत ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ५ : १२ बजे