१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


संसारकै अग्लो ठाँउमा गीत सार्वजनिक गरेपछि सुरेन्द्रले पाए विश्व किर्तिमानको प्रमाणपत्र




काठमाडौं
१ फागुन । वरिष्ठ साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन ’अमर’ ले संसारकै अग्लो ठाँउबाट सार्वजनिक गरेर विश्व किर्तिमानको प्रमाणपत्र पाएका छन् ।
साहित्यकार सुरेन्द्र महर्जन ’अमर’ को तिसौं कृति सगरमाथा बेस क्याममा सार्वजनिक गरेपछि विश्व कीर्तिमान प्रमाणपत्र प्राप्ते गरेका हुन् ।
वरिष्ठ गीतकार विश्व बल्लभ र गीतकार संघको अध्यक्ष तथा गीतकार बसन्त वित्यासी थापाबाट संयुक्तरूपमा ‘वल्ड वाइल्ड बुक अफ रेकर्ड’ को विश्व र्कितिमानको प्रमाणपत्र एक समारोहबीच हस्तान्तरण गरे ।
उनको रचनामा रहेकोे उक्त एल्बममा चर्चित गायक कुमार सानु र देविका वन्दना, प्रविन भेटवाल, सन्तोष श्रेष्ठ, अस्मिता अधिकारी र चिरञ्जीवी भण्डारी आदिको स्वर रहेको छ ।
एल्बममा संगीतकारहरू सन्तोष श्रेष्ठ, पुष्कर सुनुवार र चिरञ्जीवी भण्डारीको संगीत रहेको छ । ओएस नेपालको प्रस्तुतिमा सार्वजनिक एल्बम मायाको सागर बजारमा आएको हो । प्रमाणपत्र वितरण कार्यक्रममा साहित्यकार महर्जनले वल्ड वाइड बुक अफ रेकर्डको प्रमाणपत्र प्राप्त गरेकोमा आफूले मात्र नभएर सम्पूर्ण नेपालीको सफलता भएको पनि बताए ।
चार दशक लामो साहित्य यात्रा र तीन दशक लामो सांगीतिक यात्रालाई निरन्तरता दिँदै आएका साहित्यकार सुरेन्द्र महर्जन अमरलाई विश्व कृतिमान कायम गरेकोमा साहित्यकार विश्व बल्लभ र गीतकार वसन्त बित्यासी थापाले बधाई समेत दिए । विश्व कीर्तिमानीको प्रमाणपत्र ‘वल्ड वाइड बुक अफ रेकर्ड’ को कार्यालयबाट नेपाल आएको केही महिनापछि उक्त रेकर्ड सार्वजनिक भएको हो । प्रमाणपत्र वितरण समारोहमा चर्चित संगीतकार सन्तोष श्रेष्ठ, विवेक कार्की, चिरञ्जीवी भण्डारी, चेतन खतिवडा, रमेश कोइराला, लगायतले सुरेन्द्र महर्जन ’अमर’ को बारेमा बोलेका थिए ।
वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ’अमर’ ले पहिलो पटक विश्वको अग्लो हिमाल सगरमाथा बेस क्याम ५३६४ मिटर अग्लो स्थानमा आफ्नो रचनामा तयार भएको गीति एल्बम ’’मायाको सागर“ सार्वजनिक गरेर विश्व कृतिमानी रेकर्ड कायम गरेका थिए । साहित्य क्षेत्रमा कविता, गीत, कथा, उपन्यास, मुक्तक, हाइकु, तान्का आदि लेखेर चर्चा बटुल्न सफल साहित्यकार सुरेन्द्र महर्जन ’अमर’ ले १८ अप्रिल २०२२ मा सगरमाथा बेस क्याममा आफ्नो रचनामा तयार भएको गीति एल्बम अहिलेसम्मकै धेरै उचाई माथिबाट सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ८ : ३९ बजे