९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


कुशल भुर्तेलको शतकमा नेपालले नामिबियालाई हरायो



काठमाडौं २ फागुन ।  ओपनर कुशल भुर्तेलको शतकमा नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशी एकदिवसीय श्रंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध कीर्तिमानी जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले नामिबियालाई २ विकेटले पराजित गरेको हो । नेपालले एकदिवसीय अन्तराष्ट्रियमा पहिलो पटक नामिबियालाई हराएको हो ।

नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४७ ओभर ४ बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा कुशल भुर्तेलले १ सय १५ रनको शतकीय इनिङ खेले ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले अन्तिम बलमा अलआउट हुँदै  २ रन ८५ रन बनाएको थियो । नामिबियाका लागि माइकल भ्यान लिङ्गेनले सानदार शतक प्रहार गरे । उनले बलमा ११८ बलमा ६ चोका र ४ छक्काको मद्धतमा शतक पूरा गरेका हुन् । उनले १ सय ३३ रन बनाए ।

नेपालका लागि करण केसीले ५ तथा सन्दीप लामिछानेले ३ विकेट लिए । कुशल मल्ल, सोमपाल कामीले समान १/१ विकेट लिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ६ : ०१ बजे