ललितपुर खबर
३ फागुन । भ्यालेन्टाइन डे भन्नासाथ युवाहरुको प्रमिल जोडीलाई सम्झने गरिन्छ ।
सधै युवा युवतीको जोडीले मनाउने प्रेम दिवस ललितपुरको लगनखेलमा ७० वर्ष नागेका बृद्ध जोडीले सोमबार मनाएका छन् ।
एकाडेमी अफ कुमिनरी आर्ट्स र हस्पिाटालिटी म्यानेज्मेन्ट सेन्टरको आयोजनामा एक जोडी बृद्धहरु सहभागी थिए ।
उनीहरु आर्कषक पहिरनमा कार्यक्रम स्थल पुगेको थिए बृद्ध जोडीलाई रातो गुलाफले स्वागत गरिएको थियो । उनीहरुले मिठो चकलेट पाए । धिमे बाजामा नाचे अनि डिनर खाए रमाए ।
बेलुन र रंगीचंगी ध्वजापत्ताले सझाइएको कार्यक्रम स्थलमा बृद्ध दम्पती तस्विर खिचाइरहेका देखिन्थे भने गुलाफका फूलहरु साटासाट गरिरहेका थिए । कुलिनरी आट्का अध्यक्ष आषिश महर्जनले जीवनको उत्तर्राद्धको बेला बृद्ध जोडीहरुको प्रेम दिवस मनाइदिएर आफूहरुले सम्मान गर्न चाहेको बताए ।
प्रतिक्रिया