काठमाडौं
४ फागुन । चर्चित टेलिचलचित्र कान्छी तथा भुन्टीकी कलाकार तथा निर्माता आशा खड्का विवाह बन्धनमा बाँधिएकी छिन् । उनीहरुले २ बर्ष अघि नै विवाहमा बाँधिएको बताएका हुन् ।
सामाजिक सञ्जालमार्फत कलाकार खड्काले आफू सिनेमेट्रोग्राफर सागर गौत्तमसँग विवाह गरेको जानकारी दिएकी छिन् ।
उनले केही समयअघि नै सामाजिक सञ्जालमार्फत तस्विर भने सार्वजनिक गरेकी थिइन् । आफूले पारिवारिक जमघटमा विवाह गरेको बताएकी छिन् ।
दर्शकहरुले नै चाहनु भएको मान्छेसँग मैले जिवनको नयाँ अध्याय शुरु गरेका सामाजिक सञ्जालमा लेखेकी छिन् । उनले आफू श्रीमानलाई धेरै आशिर्वाद दिन अनुरोध गरेको छिन् । ९ बर्ष भन्दाअघि टेलिचलचित्र सुटिङका क्रममा खड्कासँग पहिलो भेट भएको बताइकी छिन् ।
पछिल्लो समय खड्काको टेलि चलचित्र नेपाली समाजमा चर्चाको विषय बनेको छ । उनका दुवै टेलिचलचित्र सफल छन् भने उनको सुकुमायाँ क्यारेक्टर चर्चित छन् । खड्का दम्पती ललितपुरको टौखेलमा नयाँ घर बनाएर बस्दैछन् ।
कलाकार जोडीले आफूहरुले साधारण रुपले विवाह गरेको बताएका छन् । एक आश्रममा बृद्धहरुलाई सहयोग गरेर विवाह गरेको हुन् ।
प्रतिक्रिया