९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


स्कटल्यान्डविरुद्ध नेपालको सान्दार जित



काठमाडौं, ५ फागुन । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखलाअन्तर्गत भएको खेलमा कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीको कीर्तिमानी अर्धशतकको सहयोगमा नेपालले स्कटल्यान्डलाई पराजित गरेको छ ।

शुक्रबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले स्कटल्यान्डलाई ३ विकेटले हराएको हो। नेपालका लागि ओपनर कुशल भुर्तेलले ४ चौका सहित ८ बलमा १६ रन बनाए भने ४२ बलमा ६ चौका र ३ छक्काको सहयोगमा अर्धशतक पनि पूरा गरे। अर्का ओपनर आसिफ शेखले १४ बलमा ९ रन बनाए भने ७० बलमा ५ चौका र १ छक्काको सहयोगमा अर्धशतक पूरा गरे।

ज्ञानेन्द्र मल्ल ३ बलमा ४ रन बनाएर आउट हुँदा कप्तान रोहित पौडेलले १० बलमा ६ रन बनाए। कप्तान रोहित आउट भए सँगै मैदान आएका कुशल मल्लले ६७ बलमा ९ चौका र ४ छक्काको सहयोगमा ८१ रन बनाए। एकदिवसीय अन्तराष्ट्रियमा कुशलको यो नै सर्वाधिक धेरै रन हो।

सन्दीप जोराले ५ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले १ सय १६ बलमा अविजित ८५ रन बनाए। दिपेन्द्रको एकदिवसीय अन्तराष्ट्रियमा यो दोस्रो अर्धशतक हो। उनले एक शतक समेत प्रहार गरेका छन्।

विश्वकप लिग टूमा भने दिपेन्द्रको पहिलो अर्धशतक हो। गुल्सन झाले १७ रन बनाउँदा सोमपाल कामीले ३२ बलमा अविजित २४ रन बनाए। छैटौं विकेटका लागि कुशलले दिपेन्द्रसँग मिलेर १ सय रनको साझेदारी गरेका थिए। दिपेन्द्र र सोमपालले आठौं विकृटका लागि अविजित ५५ रनको साझेदारी गरेका थिए।

स्कटल्याण्डका लागि क्रिस सोल र मार्क वाटले समान ३३ विकेट लिए। स्कटल्याण्डले १६ रन अतिरिक्त स्वरुप दिएको थियो। त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनाएको हो।

स्कटल्याण्डका लागि माईकल लिस्कले ८५ बलमा १ सय ७ रनको शतकीय ईनिङ खेले। उनले ३ चौका तथा ९ छक्का प्रहार गरे।
उनले ७९ बलमा ३ चौका र ९ छक्काको सहयोगमा १ सय रन बनाएका थिए। एकदिवसीय अन्तराष्ट्रियमा उनको यो पहिलो शतक हो। नेपालविरुद्धको आजको खेलमा डेब्यु गरेका ज्याक जार्किभले २६ रन बनाए।

ब्राण्डन म्याकमुलान र क्रिटोफर म्याकमुलनले समान २२-२२ तथा टोमस म्याकिन्टोस र मार्क वाटले २० रन बनाए । कप्तान रिचि बेरिङ्गटनले समान १९-१९ रन बनाए । क्रिस ग्रेभले १६ रन बनाए।

१ सय ११ रनमा छैटौं विकेट गुमाएको स्कटल्याण्डले २ सय ७४ रन ९ विकेट गुमाएर पूरा गर्यो। सातौं विकेटका लागि माईकल लिग्स र ज्याक जार्भिसले ८१ रनको साझेदारी गरेका थिए। नेपालका लागि स्पिनरहरुले ओभरमा रन दिँदै विकेट लिएका थिए। चार जना स्पिनर प्रयोग गरेको नेपालका सबैजनाले कम्तिमा पनि १-१ विकेट लिएका थिए।

सन्दीप लामिछानेले १० ओभरमा २७ रन दिएर ३ विकेट लिए। कुशल मल्लले २ तथा सोमपाल कामी,दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १-१ विकेट लिए

सिरिजमा नेपाल २६ खेलमा २२ अंक जोडेर छैटौं स्थानमा रहेको छ। स्कटल्याण्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ तीन खेल आगावै विश्वकप लिग टूको च्याम्पियन भइसकेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ५ : ३० बजे