२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


टुँडिखेलमा प्रजातन्त्र दिवस, सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि(तस्बिरहरु)



काठमाडौं, ७ फागुन ।  ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवस टुँडिखेलमा विशेष कार्यक्रम गरी मनाइएको छ ।

सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकाय तथा कुटनीतिक निकायका प्रमुखहरू सहभागी भएका थिए ।

समारोहमा नेपाली सेनाको दुई वटा हेलिकप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ अङ्कित ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । साथै मैदानबाट शान्तिका दूत परेवा र रङ्गीचङ्गी बेलुन उडाउनुका साथै शहीदहरुप्रति श्रद्धापूर्ण रुपमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै एक मिनेट मौन धारण समेत गरिएको थियो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट मार्चपास गर्नुका साथै राष्ट्रिय गीतको धुन र ब्याण्ड बजाइएको थियो । हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । प्रजातन्त्र दिवसका अवसरमा आज देशभर नै विभिन्न कार्यक्रम हुुँदैछ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  १२ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।