१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


छक्का पञ्जा ४ को ट्रलर सार्वजनिकपछि तरंग



९ फागुन । राजनीति कथामा आधारित चलचित्र छक्का पञ्जा ४ को ट्रलर सार्वजनिक भएसँगै खुल्दुली र तरंग बढेको छ । नेपाली चलचित्र जगतमा सफल छक्का पञ्जा ब्राण्ड आउँदो फागुन १९ गतेबाट चलचित्र हलमा लाग्दैछ । अवको १० दिनमा चलचित्र हल हलमा हेर्न सकिन्छ ।
चलचित्रको ट्रेलर अनुसार निर शाह नेता, केदार घिमिरे शिक्षक, वेनिसा हमाल पत्रकार दिपकराज गिरी नकारात्मक भूमिकामा देखिन्छन् ।
चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, बुद्दि तामाङ, मलिना जोशी र निर शाहलगायतका कलाकारको अभिनय छ । ट्रेलरमा दीपकराजलाई ‘राजा’कै भूमिका र पश्चिममा बोलिने भाषामै संवाद गरेको सुन्न सकिन्छ ।


वर्तमान राजनीतिक परिवर्तनलाई चलचित्रले पछ्याएको भेउ पाउन सकिन्छ । समाजमा व्याप्त भष्टाचार अनियमितता र राजनीतिक चलखेल चलचित्रको ट्रेलरमा हेर्न सकिन्छ ।
चलचत्रिको दर्शन नमस्तेको गीत चलचित्र चल्नु अघि नै चर्चित बनेको छ । चलचित्रमा फाइटको सिन पनि छ । समसामयिक कथामा आधारित सामजिक विषयबस्तु बोकेको यस चलचित्रले राम्रो व्यापार गर्ने मानुमान गर्न सकिन्छ । ओझेलमा परेको देशको सुदुरपश्चिमको परिवेस मिसाइएकाले पनि चलचित्रले नयाँ दर्शक तान्ने अनुमान छ ।
हेमराज वीसीको निर्देशन रहेको यस चलचित्रमा केदार प्रसाद घिमिरे र निर्मल शर्मा फिल्मका कार्यकारी निर्माता हुन् । दीपेन्द्र खनियाँ र केशव न्यौपानेको पनि यस चलचित्रमा लगानी छ ।

छक्का पञ्जा ४को नरेन्द्र मैनालीको छायांकन गरेका हुन् । निमेश श्रेष्ठको सम्पादन गरेको यस चलचित्रमा दीपकराज गिरीको कथा तथा लेखन रहेको छ । रोशन श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफी चलचित्रमा रहेको छ ।

 

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ३ : ३६ बजे