२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


सन्दीप लामिछाने भन्छन्,’मैले कति योगदान दिएँ थाहा छैन, तर मेरो देशले जितेको छ’



काठमाडौं, १० फागुन । नेपालले आइसिसी विश्वकप क्रिकेट लिग ‘टु’ अन्तर्गत त्रिकोणात्मक शृंखला जितेको छ । मंगलबार भएको अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गर्यो । चार खेल जित्दा महत्वपूर्ण भूमिकामा रहे सन्दिप लामिछाने। लामो समयपछि मैदानमा कमब्याक गरेका सन्दीप लामिछानेले चार खेलमा १३ महत्वपूर्ण विकेटहरु लिए। जितपछि उनले आफ्ना फ्यानहरुलाई समाजिक संजालबाट धन्यवाद दिएका छन्।

आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले दर्शकप्रति आभार प्रकट गरेका छन्। विवादकाबीच पनि सन्दिपको मैदानमा क्रेज उत्तिकै थियो। दर्शकको साथ र हौसला पाएका सन्दिपले भनेका छन्, ‘मैले कति योगदान गर्न सकेँ थाहा थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ। यो साथ यो मायाको लागि सम्पूर्णमा हृदयदेखी आभारी छु।’

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ७ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।