काठमाडौं
११ फागुन । दक्षिण भारतीय अभिनेता रामचरण ओस्कार अवार्ड समारोहमा सहभागी हुन खाली खुट्टामै अमेरिका गएका छन् । अमेरिका जाने क्रममा अभिनेता रामचरण हैदराबाद एयरपोर्टमा खाली खुट्टामा देखिएका छन् । उनले कालो पहिरन समेत लगाएको भिडियो सार्वजनिक भएको छ । जुन पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल छ ।
उनका फ्यानले अभिनेता रामचरणले अयप्पा स्वामीको महाव्रत लिएकाले खाली खुट्टामै हिडेको र कालो पयिहरन लगाएको बताएका छन् ।
ओस्कारमा छनौटका लागि उनले महाब्रत लिएको बताइएको छ । महाब्रत ४१ दिनसम्म कडा नियम पालना गरेर पुरा गरिन्छ । महाब्रतका लागि खाली खुट्टाले हिड्नुको अलावा, कालो पहिरन लगाउनु पर्ने, तुलसीमा माला लगाउनु पर्ने,भुईमा सुत्नु पर्ने बह्मचार्य पालना गर्नु पर्ने नियम हुन्छ ।
यस्तो व्रत रामचरणले पहिलोपटक राखेका भने होइनन् । गत वर्ष ‘आरआरआर’को सफलताका क्रममा उनी व्रत बसेर भगवानको दर्शन गर्न सबरीमाला गएका थिए ।
प्रतिक्रिया