७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


भग्नावशेष बन्दै फपिङ जलविद्युत (तस्विरहरु)




ललितखबर
११ फागुन । देशकै जेठो जलविद्युत् आयोजनाका भवनहरु भत्केर भग्नावशेषमा परिणत हुने अवस्था आएको छ । काठमाडौंको दक्षिणकालीस्थित फपिङ जलविद्युत आयोजनाका भवनहरु सरकारी वेवास्ताका कारण जीर्ण छन् ।


पछिल्लो समय जलविद्युत आयोजनाका आवास गृह पूर्ण रुपमा भत्केको छ । यहाँका छाना चुहिदा भित्तामा रुख उम्रेको छ रुख ठूलो भएर घर नै भत्केको आयोजनामा काम गर्ने एक कर्मचारीले ललितखबरलाई बताए ।


पछिल्लो समय यहाँ विद्युत उत्पादन समेत भइरहेको छैन । दक्षिणकालीको सातमुल र नौमुलबाट पानी ल्याइ रिजर्भ पोखरीमा राखेर आवश्यकता अनुसार विद्युत उत्पादन गर्ने गरिएको भए पनि यहाँको पानी खाने प्रयोजनमा समेत वितरण गरिएको छ । सुख्खा याममा खानेपानी अभावका कारण विद्युत निकाल्न सकिएको छैन ।


जीर्ण भवन संरक्षण गरेर केही समयअघि राष्ट्रिय संग्रालयले प्रयोग गर्ने चर्चा भए पनि कार्यान्वयन भएको छैन । १९६८ सालमा विद्युत् उत्पादन गरेको यस आयोजना १ सय ११ बर्ष पुरा गरेको छ । पछिल्लो समय जलविद्युत आयोजना स्थललाई पार्क र संग्रालयको रुपमा प्रयोग गरेर आम्दानी र खुला ठाँउको प्रवद्र्धन गर्नु पर्ने आवाज उठेको छ ।

    

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ४ : ५३ बजे