१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


ललितपुरको पाटनमा फोटोकाठमाडौंको पाँचौं संस्करण सुरु



 


ललितपुर
१३ फागुन । ललितपुरको पाटनमा आजदेखि फोटोकाठमाडौँ फोटोग्राफी फेस्टिभलको पाचौँ संस्करण सुरु हुँदैछ ।
ललितपुरस्थित पाटन संग्रहालयको भण्डारखाल बगैँचामा उद्घाटन सँगै कार्यक्रम शुभारम्भ हुनेछ । कार्यक्रममा फोटोग्राफी क्षेत्रमा महत्वपुर्ण योगदान दिने वरिष्ठ फोटोग्राफरलाई यस वर्षको फोटोकाठमाडौँ उत्कृष्टता पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।
फेस्टिभलमा १६ देशका ६० भन्दा धेरै सहभागीले आफ्ना कृति प्रदर्शन गर्नेछन् । प्रवचन र कार्यशाला प्रशिक्षण गर्नेछन् तथा परामर्श एवं रेजिडेन्सी कार्यक्रममा सहभागी हुनेछन् । ललितपुरका ६ विभिन्न स्थानका प्रदर्शनीस्थल फागुन १३ गतेदेखि चैत १७ गतेसम्म हरेक दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म अवलोकनका लागि खुल्ला रहनेछ । उद्घाटन सप्ताहभरिका सार्वजनिक कार्यक्रमहरू पाटन ढोकास्थित यलमाया केन्द्रमा फागुन १३ देखि फागुन १९ सम्म हुनेछ ।
कार्यक्रममा भारतीय फिल्ममेकर श्रीराम मुरली, भारतीय पंक्षीका प्वाँखबारे अध्ययन तथा अभिलेखन गर्न इशा मुन्शीसमेत सहभागी हुने बताइएको छ । कार्यक्रममा फेस्टिभलमा बंगलादेशका कलाकार मुनेम वासिफ, स्विट्जरल्याण्डका कलाकार तथा लेखक उरिएल ओर्लफ, उत्तरपश्चिम अस्ट्रेलियाको मिरिवुङ् कन्ट्रीकी कलाकार अलाना हन्ट, पूर्वी नेपालमा जैविक विविधता संरक्षण तथा वातवरणीय शिक्षाको क्षेत्रमा नयाँ मानक स्थापना गर्न कार्यरत केटिके बेल्ट काठमाडौँस्थित डिजिटल अभिलेख नेपाल पिक्चर लाइब्रेरी दार्जिलिङकी वनस्पति कलाकार हेमलता प्रधान, मेक्सिको÷बेलायतकी अन्तरविधात्मक दृश्य कलाकार मोनिका अल्काजार डुअर्टे र प्रख्यात लेखक, तथा फोटोग्राफी र दृश्य संस्कृतिबारे सिद्धान्त प्रतिपादक अरिएला आझुल सहभागी हुनेछन् ।

लेखक, कला प्रबन्धक तथा फोटोग्राफी र दृश्य संस्कृतिबारे सिद्धान्त निर्माता भारतीय फिल्ममेकर अमर कन्वरले ‘लर्निङ् फ्रम डाउट’ अर्थात् दुविधाबाट सिकाइबारे ५ हप्ते कार्यशाला गर्नेछन् जसले अपराध, राजनीति, मानव अधिकार तथा पर्यावरण आदि विषयलाई सम्बोधन गर्नेछ ।
फेस्टिभलले ललितपुरस्थित सृजनालयसँग सहकार्यलाई निरन्तरता दिँदै यस वर्ष पनि एक सशक्त कला तथा शिक्षा कार्यक्रम सञ्चालन गर्दै बालबालिका, युवापुस्ता तथा परिवार र शिक्षकसम्म पुग्ने उद्देश्य राखेको बताइएको छ । सृजनालयकी श्यारारे बज्राचार्यले भनिन्, ‘हामी दर्शकहरूलाई दृश्य साक्षरता अभ्यासहरू मार्फत् फेस्टिभलमा सहभागी कलाकारका विशेष फोटो, भाष्य तथा उद्देश्यसँग अन्तरक्रिया गर्न प्रेरणा दिन्छौँ ।’
फोटोग्राफीमा लामो समय बिताएर उल्लेख्य योगदान गर्नुहुने दिग्गज फोटोग्राफरलाई फोटोकाठमाडौँले अवार्ड अफ एक्सिलेन्स उत्कृष्टता पुरस्कारसहित सम्मान गर्ने गरेको छ । फोटोजर्नलिस्ट क्लब नेपालकी अध्यक्ष श्रुति श्रेष्ठ, वरिष्ठ फोटोपत्रकार देवेन्द्र मान सिंह तथा राष्ट्रिय फोटोपत्रकार मन्चका पूर्वाध्यक्ष विकास रौनियारसम्मिलित निर्णायक मण्डलले यस वर्षको सम्मानका लागि वरिष्ठ खेल फोटोपत्रकार श्याम चित्रकार दिनेछ ।
महोत्सवका सबै ठाँउमा सबैका लागि निःशुल्क गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ४ : २८ बजे