१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जीवनशैली


कसरी हुन्छ सम्बन्ध विच्छेद, कसरी जोगाउने सम्बन्ध ?



©lalitpurkhabar.comshyam phuyal

ललितखबर
१२ फागुन । पछिल्लो पुस्ताको परिवारमा विखण्डन सुरु भएको छ । धेरै जोडीको सम्बन्ध लामो समय टिक्न नसकेको प्रसस्त उदारण समाजमा देखिन थालेको छ ।
आखिर किन भइरहेको छ आजकल सम्बन्ध विच्छेद ? सम्बन्ध विच्छेदका धेरै कारणले भइरहेका छन् । सम्बन्ध विच्छेद हुने अवस्थाका बारेमा हामीले चर्चा गरेका छौं । सम्बन्ध जोगाउन यी कुरामा होसियार रहे राम्रो हुन्छ ।
सम्पती
सम्बन्ध विच्छेद सम्पतीका कारण हुने क्रम बढेको छ । परिवारमा धेरै सम्पती हुँदा सम्पतीको हकदार आफूलाई देखेर महिलाहरु सम्बन्ध विच्छेद गर्न कसिन्छन् । आफू करोडौं सम्पतीको एकाएक मालिक हुने र त्यस सम्पतीमा मस्ती गर्न पाइने लोभका कारण पनि महिलाहरु सम्बन्ध विच्छेद गर्न उत्साहित हुन्छन् ।
सम्पतीको उन्माद महिलालाई मात्रै हुदैन । धेरै सम्पती भएपछि म अर्की श्रीमती पाल्न सक्छु भन्दै पुरुष पनि दोश्री श्रीमती भित्राउने र सम्बन्ध विच्छेद गर्न हतार गरेको समाजमा देखिने गरेको छ ।
अधिकारको लडाई
नयाँ संविधान र त्यस अनुकूलको कानून बनेपछि नेपाली समाजमा केही परिवर्तन देखिन थालेको छ । नयाँ कानूनले महिला वा पुरुषलाई सम्बन्ध विच्छेद गर्न छुट दिएको छ ।
संविधान र ऐनले महिलालाई सम्बन्ध विच्छेदका लागि धेरै अधिकार दिएकाले पनि पुरुषको दवदवा रहेको समाजमा महिलाहरुले प्रतिरोध गरिरहेका छन् ।
सेलिब्रेटीको प्रभाव
कला र ग्लामर क्षेत्रका सेलिब्रेटीहरुको सम्बन्ध विच्छेद भएको समाचार भाइरल हुँदा पनि त्यसको प्रभाव परेर सम्बन्ध विच्छेदको घटना बढेको छ । कलाकार,पत्रकार,नेताहरुको जीवनशैलीलाई अंगिकार गर्ने समाजमा उनीहरुले गर्ने गरेक कृयाकलापहरुलाई पछ्याएको पाइन्छ । फलानो हिरोयन सम्बन्ध विच्छेद गरेर बसेकी छे म पनि बाच्न सकिहाल्छु नि भन्ने प्रभाव समाजमा परेको छ ।
उमेर
सम्बन्ध विच्छेदको अर्को कारण उमेर पनि हो । उमेर घटी वा बढी हुँदा श्रीमान् र श्रीमतीको विचारमा परिवर्तन आउँछ । उनीहरुले बाँचेको समय र परिवेशले पनि विचार निर्माणमा अन्तर हुन्छ । जव विचार मिल्दैन । खटपट हुन्छ झगडा हुन्छ । झगडाले विशाल रुप लिएपछि सम्बन्ध विच्छेद हुन्छ ।
आर्थिक हैसियत
श्रीमान र श्रीमतीको पारिवारिक आर्थिक हैसियत फरक हुँदा पनि सम्बन्ध विच्छेदको घटनामा बृद्धि भइरहेको छ । श्रीमतीको माइती पक्ष धनी भए पुरुष पिडित हुने गरेको धेरै उदाहरण समाजमा देखिन्छ । माइतीको जस्ता नभएको भन्दै घुक्याउने माइत जाने घटना सर्वत्र देख्न पाइन्छ ।
उता ससुराली गरिव भएको भन्दै श्रीमतीलाई हेप्ने पुरुष पनि उत्तिकै छन् । आफुलाई सम्मान नगरेको तेरो माइती यस्ता उस्ता भन्दै श्रीमतीलाई हेला गरेको घटनाले पनि झगडाले उग्र रुप लिएको र सम्बन्धमा दरार पैदा भएको पाइन्छ ।
ठूलो परिवार
धेरै नन्द आमाजु हुनु, सासु बुढी सासुको विचार नयाँ बुहारीले मन नपारउनु,देउरानी र ठेठानीहरु धेरै हुनुले पनि पारिपारिक विग्रह ल्याएको पाइन्छ । समयमै अंशबण्डा गर्दा,नछुट्टिा, अंश नदिदा र जवजस्ती मिलेर बस्न चाहँदा पनि सम्बन्धमा अप्ठ्यारो परेको पाइन्छ । परिवारिक बेमेल हुने यस्ता अवस्थाले पनि श्रीमान् श्रीमतीबीच सम्बन्ध विच्छेदको चरणसम्म लैजान्छन् ।
यौन सम्बन्ध


धेरै सम्बन्ध विच्छेद यौन सम्बन्ध सुखद नहुँदा पनि हुने गरेको छ । पति वा पत्नीले यौन सुख दिन नसकेको आरोप लगाउदै सम्बन्ध तोडिएका घटना पाइन्छन् । त्यसैले श्रीमान् वा श्रीमतीले एक अर्काको यौन चाहनालाई बुझेर सम्बन्ध टिकाउनु नै बुद्धिमानी हुन्छ ।
एक अर्कालाई मायाँ देखाउन नसक्नु
श्रीमान् र श्रीमतीबीच प्रगाढ मायाँ हुन्छ । तर मायाँ व्यक्त गर्न र देखाउन नजान्दा पनि सम्बन्धहरु चिसा भइरहेका हुन्छन् । यिनै चिसा सम्बन्धहरु पारिवारिक झगडा हुदै सम्बन्ध विच्छेदसम्म पुग्छन् ।
बेरोजगार, आर्थिक मन्दी
पछिल्लो समय बेरोगजारी र आर्थिक मन्दीले हाम्रो समाजलाई गाँजेको छ । श्रीमान श्रीमतीबीच भनेजस्तो कुरा नपुगेपछि पारिवारिका खटपट हुन्छ ।
भड्किलो समाज
भट्किलो समाजले पनि धेरै सम्बन्धहरुबीच पर्खाल लगाइदिने गरेको छ । अरुको झैं खान र लाउन नसक्दा परिवारमा विखण्डन सुरु हुन्छ । देखासिकी गर्दा ऋणमा डुव्ने र पारिपारिक विग्रह निम्तने गरेको छ ।
कुराटे समाज
नेपाली समाजमा एक अर्काको चासो नै धेरै हुन्छ । यो समस्या गाँउघर तिर धेरै छ । अरुको श्रीमान् वा श्रीमती यस्तो उस्तो तेरो चाही यस्तो भन्दै कुरा काट्ने समाजले महिला वा पुरुषमा विग्रह ल्याउने गरेको छ।
समाजमा महिलालाई विभिन्न लान्छना लगाएर पुरुषलाई भड्काइन्छ । महिलालाई उनको श्रमिान्को आर्थिक हैसियत देखाएर भड्काउने गरेको घटनाले पनि सम्बन्ध विच्छेदको चरणसम्म पुगेको घटना देख्न सकिन्छ ।
नयाँ कानून
सम्बन्ध विच्छेदको घटना बढ्नुमा नयाँ कानून पनि उत्तिकै दोषि छ । ०६२ ६३ भन्दाअघिसम्म खासै नसुनिने सम्बन्ध विच्छेदहरु पछिल्लो समय समाजमा यत्रतत्र सुनिन्छ । पछिल्लो कानूनले महिलेले चाहे जुनसुकै बेला जस्तो सुकै परिस्थितीमा सम्बन्ध विच्छेद गर्नसक्ने असिमित अधिकार दिएपछि सम्बन्ध विच्छेदको् घटना बढेको छ । नयाँ कानुनमा पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था थपिएपछि आगोमा घ्यु हाले झैं समाजमा सम्बन्ध विच्छेदको आगो देन्केको छ ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ३ : ५१ बजे