९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नेपालको लगातार तेस्रो जित



काठमाडौं, १५ फागुन । नेपालले आईसीसी यु–१९ एसिया विश्वकप छनोटमा लगातार तेस्रो विजय हात पारेको छ । सोमबार भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले पराजित गर्‍यो ।

यूएईको अजमानमा भइरहेको प्रतियोगितामा टस जितेर ब्याटिङ गर्न आएको हङकङ ४६.३ ओभरमा १ सय २० रनमै अलआउट भएपछि जबाफमा आएको नेपालले २२.१ ओभर भित्रै लक्ष्य पूरा गर्‍यो ।

प्रतियोगितामा नेपालको यो लगातार तेस्रो जित हो । नेपालले पहिलो खेलमा सिंगापुरलाई ८६ र दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ११ : २४ बजे