२८ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


कान्ति लोकपथ मर्मतका लागि तीन हप्ता बन्द




हेटौडा
दक्षिण ललितपुर हुँदै तराई मधेश जाने छोटो सडक मर्मतका लागि तीन हप्ता बन्द हुने भएको छ ।
यो सडक आउँदो विहीबारदेखि चैत्र १० गतेसम्म बन्द गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र पाण्डेले बताए । उनको अध्यक्षतामा बसेको बैठकले २३ दिनका लागि कान्ति लोकपथ बन्द गर्ने निर्णय गरेको हो।
केही समयअघि भिमफेदी सडक समेत मर्मतका लागि बन्द गरिएको थियो । यस सडक मर्मतपछि आजकल यस सडक हुँदै सयौं टाटासुमो चल्न थालेका थिए ।
मर्मतका लागि हेटौँडाबाट काठमाडौं जाने साना सवारीसाधनलाई हेटौँडा भीमफेदी कुलेखानी सिस्नेरी–दक्षिणकाली रुट हुँदै एकतर्फी सञ्चालन हुनेछन् । काठमाडौंबाट हेटौँडा आउने सवारीसाधन थानकोट चित्लाङ मार्खु (कुलेखानी) भीमफेदी हुँदै एकतर्फी सञ्चालन हुनेछन् ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ६ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।