९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नेपालको लगातार चौथो जित



काठमाडौं, १६ फागुन । यू–१९ पुरुष विश्वकप क्रिकेट एसियाली छनोटमा नेपालले लगातार चौथो जित निकालेको छ।
यूएईस्थित मलेक क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको हो।
७३ रनको झिनो लक्ष्य नेपालले ९ ओभरमा पूरा गरेको हो। नेपालको लागि दीपक बोहोराले अविजित ३८ र अर्जुन कुमालले अविजित २१ रन जोडे।
पहिले ब्याटिङ गरेको मलेसिया ३५.३ ओभरमा ७२ रनमा अलआउट भयो। मलेसियाको लागि मुहम्मद अक्रम अब्द मलेकले २६ र मोहम्मद हैरिल हरिसनले १२ रन जोडे।
नेपालको लागि दीपेश कँडेलले ४, आकाश चन्दले ३, मिलन बोहोराले २ र सुवास भण्डारीले १ विकेट लिए।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ९ : ५३ बजे