९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


यू–१९ विश्वकपमा छनोट भएका खेलाडीलाई क्यानले जनही १ लाख दिने



काठमाडौं, १८ फागुन । नेपाल क्रिकेट संघ क्यानले नेपाललाई यू –१९ विश्वकपमा छनोट गराउने खेलाडीलाई जनही १ लाख रुपैयाँ दिने घोषणा गरेको छ । दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ ।

सन् २०१६ यता पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकपमा छनोट भएकोमा बधाई दिँदै क्यानले आफ्नो तर्फबाट खेलाडीलाई जनही १ लाख दिने घोषणा गरेको हो । यसबाहेक पुरस्कार तथा सम्मान कार्यविधि अनुसार खेलाडीहरुले नेपाल सरकारबाट जनही ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् । कार्यविधिमा विश्वकप छनोट नलेखिए पनि उमेर समूहको क्षेत्रीय एशियाली प्रतियोगिता विजेताले ३ लाख पाउने उल्लेख छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  २ : ५६ बजे