काठमाडौं २२ फागुन । राजधानीलगायत देशका विभिन्न शहरमा होलीको रौनक सुरु भएको छ ।
फागुन शुक्ल पूर्णिमाको दिन राजधानीलगायत देशका पहाडी र हिमाली क्षेत्रमा होली पर्व मनाइन्छ । तपाईका विभिन्न जिल्लामा भने भोलि मात्रै होली मनाइन्छ । रंगहरुको पर्वको रुपमा मनाइने यस पर्वमा विभिन्न रंग एक आपसमा लगाएर मनाइन्छ ।
होलीको दिन केही समय अघि लुकेर अपरिचित व्यक्तिहरुलाई पानी, हिलो र रंग लगाउने चलन भए पनि पछिल्ला दिनमा सुसंस्कृतको रुपमा विकाश भएको पाइन्छ ।
होलीको दिन मदिरा सेवन गर्ने र सवारी चलाउनेहरुलाई रोक्न प्रहरीले सुरक्षा सर्तकता उच्च बनाएको छ । होलीलाई फागु पनि भनिन्छ ।
प्रकाशित मिति :
२२ फाल्गुन २०७९, सोमबार ५ :
४२ बजे
प्रतिक्रिया