७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


एक्सरे गर्दा पेटमा सिसाको बोतल



रौतहट, २२ फागुन । रौतहट गुजरा नगरपालिका–९ अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरीको पेटमा सिसाको बोतल भेटिएको छ । आइतबार बिहान अचानक पेट देखेपछि बुवा नेवाजी मन्सुरीले स्थानीय क्लिनिकबाट औषधि किनेर खुवाएका थिए । त्यसले ठीक भएन । निकै पीडा हुन थालेपछि नुर्सादलाई सोमबार उपचारका लागि चन्द्रपुर अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालले तत्कालै पेटको एक्सरे गरायो । रिपोर्टमा भने पेटभित्र सिंगो रक्सीको बोतल देखेपछि चिकित्सक नै आश्चर्यमा परेका छन् । पेटभित्र ठूलै बोतल देखेपछि आन्द्रा फुटेको हुनसक्ने भन्दै नुर्सादलाई थप उपचारका लागि भरतपुर रिफर गरिएको छ । चन्द्रपुर अस्पतालका डा. अभिषेक अधिकारीले नुर्सादलाई पेट दुखेको निको नभएपछि झण्डै आधा घण्टा उपचारका लागि राखेर एक्सरे गराएका थिए । त्यस क्रममा उनको पेटमा बोतल देखेपछि बाहिर रिफर गरेको डा. अधिकारीले बताए ।

शल्यक्रियापछि उनलाई भेन्टिलेटरमा राखिएको छ । प्रहरीको प्रारम्भीक अनुसन्धान अनुसार नुर्सादको पेटमा उनकै साथीले मलद्वारबाट बोतल छिराइदिएको खुलेको छ । चार दिनअघि चन्द्रपुर–१० बाल्चनपुरस्थित समीरको अटो ग्यारेजमा नुर्साद र उनका साथी मोहम्मद समीरसँगै बसेर मादक पदार्थ सेवन गर्न थालेका थिए ।

नुर्सादले बोतलमा पिसाब राखेर साथीहरूलाई रक्सी भन्दै खुवाएका रहेछन् । यो कुरा समीरले थाहा पाई नुर्सादलाई यही शनिबार ग्यारेजमै बोलाएर नशालु पदार्थ खवाई बेहोस बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ । त्यसपछि उनले रक्सीको हाफ बोतलको खाली सिसी मलद्वारबाट भित्र पसाइदिएका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  १ : ०२ बजे