१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अपराध


कौडा खेल्ने नौ जना पक्राउ



काभ्रे
२३ फागुन । धुलिखेल नगरपालिका ३ स्थित ग्रेस होटलमा कौडा खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार धुलिखेल ५ बस्ने २७ वर्षीय महेन्द्र दाहाल समेत ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
उक्त होटलमा कौडा खेलिरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७३ हजार ३२ रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको थियो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  १२ : ४२ बजे