१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


वागमतीको पर्यावरण दुश्चक्रमा (तस्विरहरु)



थापाथली क्षेत्रमा रहेको सुकुम्बासी बस्ती ।

ललित खबर, ललितपुर
२७ फागुन । काठमाडौं उपत्यकाको सभ्यताको सेतु वागमती नदि अहिले फोहोर छ ।
धेरै राजधानीबासी वागमतीमा फोहोर फ्याक्ने गर्दछन् । वागमतीको सुकुम्बासी बस्ती वरपर फोहोर देखिन्छ । नगरपालिकाले फोहोर फ्याक्दा शुल्क लिने हुँदै धेरै गरिव परिवार वागमती नदिमै फोहोर फ्याक्छन् । यहाँ बस्ने रैथाने किसानले नदि किनारमा बुढो गाई गोरु छाडिदिने गरेका छन् ।

राजधानीको चोभार हुँदै काठमाडौंबाट बाहिरिने क्रममा फोहोरले कालो बनेको वागमती ।

नदि वरपरको बस्ती मात्रै होइन यहाँ भर्खरै सरकारले करिडोर खेलेपछि बनेको बजारको फोहोर समेत व्यापारीले नदिमै फ्याक्ने गरेका छन् ।

सुन्दरीघाटमा छाडा छोडिएको गाई फोहोर खाने क्रममा ।

वागमती फोहोर हुँदा यहाँको पर्यावरणमा गम्भिर असर परिरहेको छ । नदि किनार वरपर चर्को घाम लाग्दा र हावा चल्दा फोहोर पानीको गन्धले बस्नै नसक्ने अवस्था छ ।
राजधानीको जैविक विविधताको एक मात्रै पर्याय वागमती मृतप्रायः हुँदा विस्तारै काठमाडौं बस्नलायक सहर नबन्ने अवस्था श्रृजना हुँदै गएको छ ।

गोकर्णनजिकै वागमती किनारमा बनाइएको शौचालय ।

वागमती सरसफाई झण्डै १० बषैदेखि निरन्तर चलिरहेको छ । एकातिर अभियन्ताहरु वागमती सफा गर्न सधै नदि किनारमा पुग्छन् अर्कोतर्फ फोहोर फ्याक्ने क्रम उस्तै छ ।
लेन्स : ललित खबर

काठमाडौं दक्षिण भेग डुकुछापमा फोहोर पानीका कारण निस्केको फिजका कारण सेताम्मे वागमती ।
नदि किनारमा पर्खाल निर्माणको क्रममा तीनकुनेस्थित वागमतीमा डोजर ।
राजधानीको गोकर्ण क्षेत्रमा काठे पुल तर्दै यात्रु ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ३ : ४३ बजे