१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


कविद्वय परियार र खम्बलाई ‘रावासावा कमला भक्त साहित्य पुरस्कार’



 

२७ फागुन । ‘रावासावा कमला भक्त साहित्य पुरस्कार’ कवि पञ्चकुमारी परियारलाई प्रदान गरिएको छ । रु २० हजार राशिको सोही पुरस्कार कवि खुक्सङ खम्ब (प्रकाश राई) लाई प्रदान गरिएको छ ।
रावासावा प्राज्ञिक समाज नेपालको ११औँ साधारणसभाको अवसरमा आज आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले सो पुरस्कार प्रदान गरे ।
कार्यक्रममा वरिष्ठ कविहरु प्रल्हाद पोखरेल र देवेन्द्र खेरेसलाई साहित्य सम्मानद्वारा सम्मानित गरिएको छ । स्थायी वा अस्थायी रूपले खोटाङ जिल्लाबाट काठमाडौँ उपत्यका आई बसोबास गरिरहेका खोटाङे श्रष्टाहरूको अगुवाइमा भाषा, साहित्य, सङ्गीत र कला क्षेत्रमा टेवा पु¥याउने उद्देश्यका साथ झण्डै डेढ दशकअघि समाजको स्थापना गरिएको हो ।
समाजका अध्यक्ष टीका चाम्लिङले साहित्यकार र साहित्यिक क्षेत्रको सम्मान र प्रोत्साहन स्वरुप हरेक दुई÷दुई वर्षमा पुरस्कार तथा सम्मान गरिँदै आएको जानकारी दिए । सोही अवसरमा ‘खोटाङ साहित्यकार परिचय कोष’ सार्वजनिक गरिएको थियो । साधारणसभाले बम बानियाँको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । समाजको वरिष्ठ उपाध्यक्षमा सुरेश हचेकाली, उपाध्यक्षमा चन्द्र रानाहंछा, महासचिवमा भरत लिमेल मगर, सचिवमा राम राई कोषाध्यक्षमा यम बाँस्तोला र सदस्यमा वीरेन्द्र राई, अम्बिका राई, महेश पुरी, कन्कैस्ट राई, रश्मी राई, डि अनुरागी, सोनाम सज्जन किराँती र नेचुरल्ली दीपकलाई चयन गरिएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ५ : ४३ बजे