२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सात महिनामा ६ खर्ब ८९ अर्ब रेमिट्यान्स भित्रियो



काठमाडौं, २८ फागुन । चालु आर्थिक बर्षको सात महिनामा रेमिट्यान्स (विप्रेषण आप्रवाह) ७.१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनदेखि माघसम्मको अवधिमा रेमिट्यान्स ७.१ प्रतिशतले वृद्धि भएको हो ।

यस अवधिमा नेपालमा ६ खर्ब ८९ अर्ब ८८ करोड रूपैँया रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ४.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १६.४ प्रतिशतले वृद्धि भई ५ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो ।

यस्तै केन्द्रीय बैंकको अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले वृद्धि भई ३ लाख १४ हजार ७६७ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भई १ लाख ६७ हजार ७०८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २६५.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २५.२ प्रतिशतले वृद्धि भई ७ खर्ब ५९ अर्ब ११ करोड रूपैँया पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.७ प्रतिशतले घटेको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ९ : १४ बजे