६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


यूएई विरुद्ध नेपालको सानदार जित



काठमाडौं, २८ फागुन । आइसिसी विश्वकप लिग–२ क्रिकोणात्मक एकदिवसीय श्रृखलामा युएईविरुद्ध नेपालले सानदार जित हासिल गरेको छ । नेपाललाई जित्न २४८ रनको लक्ष्य पाएको यूएई २२ दशमलब ५ ओभरमा ७१ रन बनाउँदा अल आउट हुन पुग्यो र खेल१७७ रनले हार्न पुग्यो । यो जितसंगै नेपालले एक दिवसीय क्रिकेटको मान्यता जोगाउन सफल भएको छ । ३४ खेलबाट ३६ अंक बटुल्दै अमेरिकालाई पछि पार्दै लिग तालिकाको चौथो स्थानमा उक्लीन सफल भएको छ ।
यो हारसंगै यूएईले एक दिवसीय मान्यता जोगाउन प्लेअफ खेल्नु पर्ने भएको छ । आजको जित पछि नेपाललेअव बाँकी दुई खेल जितेर शीर्ष तीनमा रहने सम्भावना वलियो बनाएको छ । तेश्रो स्थानामा रहेको नामिविया भन्दा नेपाल अव ३ अंकले पछि छ । बाँकी दुई खेल जिते नेपालले नामिवियालाई पछि पार्न सफल हुनेछ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  १० : ०५ बजे