१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विश्वासको मतमा एक ढिक्का हुने १० दलको निर्णय



काठमाडौं, ४ चैत । सत्ता गठबन्धनका १० दलका शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ। बैठकमा आइतबार संसदमा प्रस्तुत गर्ने विधेयक र पर्सी सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ।
राष्ट्रपतिको निर्वाचनमा चुनावअघिको गठबन्धन ब्यूँताउँदै नेपाली कांग्रेससहित ८ दल एक ठाउँमा उभिएपछि नेकपा एमाले सरकारबाट बाहिरिएको थियो। सो आठदलीय गठबन्धन पछिल्लो समय १० दलीय बनेको हो।
एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले यही चैत ६ गते पुनः विश्वासको मत लिँदै छन्। यसपछि कांग्रेससहितका दललाई समावेश गरी प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  २ : ०४ बजे