१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरले ‘महाराज’ पाटेबाघको बार्षिक आहाराको लियो जिम्मा



ललितपुर, ६ चैत । ललितपुर महानगरपालिकाले सदर चिडियाखाना जावलाखेलमा रहेको एउटा पाटेबाघको आहार व्यवस्थापनको जिम्मेवारी लिएको छ ।
महानगर प्रमुख चिरीबाबु महर्जनले पाटेबाघको आहार व्यवस्थापनका लागि १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । आइतबार महानगर र सदर चिडियाखाना जावलाखेलबीच समझदारी पत्रमा हस्ताक्षर गरी सो चेक हस्तान्तरण गरेका छन् ।

महानगरले ५ वटा मध्ये ‘महाराजा’ नामक पाटेबाघको आहार ब्यवस्थापनको जिम्मा लिएको हो, जसलाई दैनिक ६ केजी मासु व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसअघि पनि महानगरले कोभिड–१९ संक्रमण अवधिमा वन्यजन्तु तथा पन्छीको आहार व्यवस्थापनका लागि १० लाख रुपैयाँ सहयोग गरेको थियो । सदर चिडियाखानामा रहेका ५ सय भन्दा बढी जनावर तथा पन्छीको आहार ब्यवस्थापनमा वार्षिक करिब ४ करोड रुपैयाँ खर्च लाग्ने चिडियाखाना प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ५ : ४० बजे