१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सरकारमा जाने गृहकार्य गर्न एकीकृत समाजवादीले बनायो कार्यदल



काठमाडौं, ७ चैत ।  नेकपा एकीकृत समाजवादीले सरकारमा जाने गृहकार्य गर्न कार्यदल बनाएको छ ।

मंगलबार केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपाल र उपाध्यक्षद्वय प्रमेश हमाल र बेदुराम भुसाल रहेको कार्यदल गठन गरेको हो ।

कार्यदलले गठबन्धनका अरु दलहरुसँग छलफल गर्नेदेखि आफ्नो दलको तर्फबाट को को सरकारमा जाने भनेर छलफल गर्ने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले बैठकमा समसामयिक राजनीति, केन्द्र र प्रदेश सरकारलगायत विभिन्न विषयमा छलफल गरिएको बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ९ : २५ बजे