७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिणकालीमा जिप दुर्घटना, एक जनाको मृत्यु, आठ घाइते



काठमाडौं, ६ चैत । काठमाडौं दक्षिणकाली नगरपालिका–८ शितल चोकमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ। हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ झ ३४२४ नम्बरको जिप मंगलबार दिउँसो दुर्घटना भएको हो। मृतकको पहिचान खुलेको छैन।
दुर्घटनामा घाइते भएका अन्य ८ जनालाई उपचारको लागि मनमोहन अस्पताल पठाइएको प्रहरीले जनाएको छ। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  १० : ५६ बजे