१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरी नगरपालिकाका किसानलाई बोयर बोका



ललितपुर, ७ चैत । ललितपुर गोदावरी नगरपालिकाले नगरभित्रका व्यावसायिक किसानलाई बोयर जातको बोका बाँडेको छ । नगरपालिकाले ‘फिप्टी फिप्टी’को अवधारणा अनुसार बाख्राको नस्ल सुधार्न र उन्नत जातको पाठापाठी उत्पादन गर्न भन्दै १३ वटा बोयर बोका व्यावसायिक किसानलाई दिएको हो ।
बोकाहरु नगर प्रमुख गजेन्द्र महर्जनले किसानलाई हस्तान्तरण गरेका छन् । गोदावरी नगरपालिका पशु शाखाका अनुसार एउटा बोकालाई सरदर ४८ हजार परेको छ । ४८ हजारको ५० प्रतिशत किसानले बेहोरेका छ्न् भने ५० प्रतिशत नगरपालिकाले लगानी गरेको छ । नगर प्रमुख महर्जनले किसानको आर्थिक अवस्था सुधार गर्नका लागि दिएको बताए ।
नगरपालिकाले अघिल्लो वर्ष आर्थिक वर्ष पनि १४ वटा बोयर बोका किसानलाई दिएको थियो । हस्तान्तरण गरेको बोकामा बोयरको जातीय गुण ७५ प्रतिशत रहेको गोदावरीका पशु शाखा प्रमुख ईश्वरप्रसाद घिमिरेले बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  २ : १८ बजे