४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


राहुल गान्धीलाई मानहानी मुद्दामा २ वर्षकाे जेल सजाय



एजेन्सी । भारतको गुजरात प्रदेशको सूरतको एक अदालतले कांग्रेस नेता राहुल गान्धीलाई आपराधिक मानहानीसँग जोडिएको एक मुद्दामा दोषी ठहर गरेको छ ।

सन् २०१९ को यो विषय ‘मोदी सरनेम’ लाई लिएर कांग्रेस नेता गान्धीको एक टिप्पणीसँग जोडिएको थियो । राहुल गान्धीले सन् २०१९ मा एक राजनीतिक सभामा ‘किन सबै चोरको थर मोदी हुन्छ ?’ भन्ने अभिव्यक्ति दिएका थिए । यही अभिव्यक्तिलाई लिएर भारतीय जनता पार्टी (बीजेपी) विधायक एवम् गुजरातका पूर्वमन्त्री पुर्णेश मोदीले गान्धीविरुद्ध उजुरी दिएका थिए ।
अदालतले कांग्रेस नेता गान्धीलाई आफ्नो फैसलाको विरुद्धमा माथिल्लो अदालतमा पुनरावेदनका लागि ३० दिनको समय दिँदै तत्कालका लागि धरौटीमा छोडेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ९ : ४६ बजे