१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन



काठमाडौ
१० चैत्र ।वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको गतविहीबार न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालले जानकारी दिएको हो ।

विसं २०१८ सालदेखि रेडियो नेपालमा काम गरेकी ताम्राकार केही समयअघि अवकाश पाएकी थिइन् । ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको हो ।

रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवं समाचार वाचिका समेत रहेकी ताम्राकारको बासबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको उनकी छोरी एवम् सञ्चारकर्मी गृष्मा राजभण्डारीले जानकारी दिएकी छिन् ।

विसं २०१८ मा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै नासो, हाम्रो देशको माटो, हाम्रो वन हाम्रो जीवनलगायत कार्यक्रम सञ्चालन गरेकी थिइन् । पछिल्लो समय ताम्राकार पर्यटन क्षेत्रमा पनि सक्रिय थिइन् ।

ताम्राकार चराचुरुङ्गी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियान सञ्चालन गरेर समाजसेवामा पनि समर्पित भएकी थिइन् ।

स्व ताम्राकारको केहीबेरपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । उनको तत्कालीन समयमा रेडियो नेपालको समाचार बाचनशैलीको प्रशंशा हुन्थ्यो । उनको बुलन्द आवाजमा समाचार सुन्न धेरै श्रोता आतुर हुन्थे ।

 

 

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  २ : २७ बजे