२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


राहुल गान्धीको सांसद पद खारेज



काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धीको लोकसभा सदस्यता खारेज भएको छ । उनलाई दुई वर्षको जेल सजाय भएको भोलिपल्ट लोकसभा सचिवालयले गान्धीको सांसद पद खारेज गरेको सूचना जारी गरेको हो ।

सन् २०१९ मा उनले प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध दिएको एक अभिव्यक्तिलाई लिएर उनीमाथि मानहानीको मुद्दा दायर भएको थियो ।

एक भाषणमा गान्धीले ‘सबै चोरको थर मोदी किन हुन्छ ?’ भनेर बोलेका थिए । गान्धीले कर्नाटकमा आयोजित चुनावी सभामा सो अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिका विरुद्ध भारतीय जनता पार्टीका विधायक पूर्णेश मोदीले गुजरातको सुरत अदालतमा मुद्दा दायर गरेका थिए ।

मुद्दाको सुनुवाइका क्रममा राहुल गान्धी बिहीबार सुरत अदालतमा उपस्थित थिए । अदालतले गान्धीलाई सजायको विरुद्ध उच्च अदालतमा अपिल गर्न ३० दिनको समय दिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ११ : १७ बजे