१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सङ्क्रमणकालीन न्याय सम्बन्धि विधयकमा प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल



१३ चैत्र । सङ्क्रमणकालीन न्याय सम्बन्धि विधयकबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा केही महत्वपूर्ण विधेयक तत्काल अगाडि बढाउने विषयमा उनीहरुबीच छलफल भएको हो ।
पछिल्लो समय संसदमा पेश भएको सङ्क्रमणकालीन न्यायसम्बन्धि विद्ययकका विवाद छ । द्वन्द्वका क्रममा अपराध गर्नेहरुलाई सजाय माफी दिइने आशंकामा विवाद बढेको हो ।

प्रधानमन्त्रीका सचिवालयका अनुसार सदनका काम कारबाहीलाई थप प्रभावकारी र जनमुखी बनाउने विषयमा प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल भएको हो ।

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक अगाडि बढाउने तथा सङ्घीयता कार्यान्वयनसँग बाँकी रहेका अन्य विधेयक, ऐन कानुनको संशोधनलगायतका विषयमा पनि त्यस अवसरमा छलफल भएको बताइएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ४ : २९ बजे