१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको नाङ्लेभारेमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु एक गम्भिर घाइते




१३ चैत्र । काठमाडौंको नाङ्लेभारेमा जहरसिंह पौवाबाट मेलम्चीतर्फ जाँदै गरेको बा.४५ प ५४४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री यसै ठाउँ बस्ने ४२ वर्षीय राम बहादुर तामाङको आइतबार साँझ मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौंको शंखरापुर नगरपालिका १ तल्लो नाङ्लेभारेमा ठक्करबाटगम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सलम्बुटारस्थित पिपुल्स लाईफ कियर अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि शंखरापुर अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ३ : २४ बजे