९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ललितपुर मेयर्स कप प्रतियोगिता: एपीएफ लगातार तेस्रो पटक च्याम्पियन



१६ चैत । ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । एपीएफ कोशी प्रदेशलाई ५४ रनले हराउँदै च्याम्पियन बनेको हो । एपीएफले लगातार तीनपटक उपाधि आफ्नो पक्षमा पारेको हो ।

एपीएफले दिएको एक सय पचपन्न रनको लक्ष्य पछ्याएको कोशी प्रदेश २० ओभरमा ६ विकेट गुमाएर एक सय रनमा समेटियो ।

कोशीका लागि कप्तान रुविना क्षेत्रीले ३५, लकिता राजवंशीले अविजित २१, अप्सरी बेगमले १० रन बनाईन् । एपीएफका लागि बिनु बुढाले दुई तथा सोनु खड्का,रेखा रावल र नेरी थापाले समान एक एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा एक विकेट गुमाएर एक सय ५४ रन बनाएको थियो । एपीएफका लागि कप्तान सीता राना मगरले ७९, इन्दु बर्माले ५१ रन जोडे । कोशीका लागि अलिसा खडियाले एक विकेट लिइन् ।

समूह चरणको खेलमा पनि एपीएफले कोशीलाई सात विकेटले पराजित गरेको थियो । अपराजित रहँदै एपीएफ च्याम्पियन बनेको हो । यसअघिका दुवै संस्करणको उपाधि एपीएफले फाइनलमा सुदूरपश्चिमलाई हराउँदै जितेको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ९ : २३ बजे