ओम शंकर श्रेष्ठद्वारा लिखित सामाजिक उपन्यास “सम्बन्ध” विमोचन गरिएको हो
काठमाडौँ । “मह जोडी” मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यबाट संयुक्त रुपमा उपन्यासको ओम शंकर श्रेष्ठद्वारा लिखित सामाजिक उपन्यास “सम्बन्ध” विमोचन गरेका छन् ।
जीवनबाट निराश भएर भिक्षु जीवन अँगाल्ने, फेरि भिक्षुत्व त्याग्ने र फेरि पनि निराशा सहित भिक्षुत्व ग्रहण गर्ने विषयवस्तुमा आधारित सामाजिक उपन्यास “सम्बन्ध”को विमोचित भएको हो ।
बिहीबार काठमाडौँको रेडक्रस मार्गस्थित सोभिनियर्स ग्यालरी क्याफेमा आयोजित कार्य शिक्षक, साहित्यकार, पत्रकार, कलाकार र गीतकार समेत रहेका श्रेष्ठको ३ सय ४ पृष्ठ रहेको उपन्यास रत्न पुस्तक भण्डारले प्रकाशन गरेको थिए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपन्यासबारे अर्का पत्रकार कुमार रञ्जितले टिप्पणी गरेका थिए ।
यसअघि “यथार्थ” कथा संग्रह प्रकाशित गरिसकेका श्रेष्ठको थुप्रै साहित्यिक रचनाहरु विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित छन् ।
प्रतिक्रिया