२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आरकेडी होल्डिङ्सले आइपियो जारी गर्ने



आरकेडी होल्डिङअन्तर्गत बन्दीपुर एन्ड टुरिज्म लिमिटेडले पहाडकी रानी भनेर चिनिने बन्दीपुरमा केबुलकार र पाँचतारे होटल, स्काई वाक, बन्जी, जिपलाइन लगायतका पर्यटन पूर्वाधार निर्माण गरिरहेको छ

२८ चैत्र । आरकेडी होल्डिङ्स कम्पनी लिमिटेडले पनि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीको छैटौँ साधारणसभाले सर्वसाधरणका लागि आइपिओ जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीको पूँजी वृद्धि, स्थानीयवासी तथा सर्वसाधरणलाई लगानीको अवसर दिने उद्देश्यले आइपिओ जारी गर्न साधारणसभाले अनुमति दिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिएका छन् । स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणलाई समेत गरी १२ प्रतिशत शेयर दिने गरी आइपिओ जारी हुनेछ । यसबाहेक संस्थापक शेयरधनीहरुलाई १० प्रतिशत अग्राधिकार शेयर जारी गर्ने भएको छ ।

कम्पनीको अधिकृत पूँजी दुई अर्ब रहेको छ भने जारी पूँजी एक अर्ब ५० करोड रहेको छ । कम्पनीमा संस्थापक शेयर पूँजी ७८ प्रतिशत रहेको छ । आरकेडी होल्डिङअन्तर्गत बन्दीपुर एन्ड टुरिज्म लिमिटेडले पहाडकी रानी भनेर चिनिने बन्दीपुरमा केबुलकार र पाँचतारे होटल, स्काई वाक, बन्जी, जिपलाइन लगायतका पर्यटन पूर्वाधार निर्माण गरिरहेको छ ।
पञ्चासे केबुलकार एन्ड टुरिज्म लिमिटेडमार्फत कास्की, पर्वत र स्याङ्जाको सिमानामा पर्ने पर्यटकीयस्थल पञ्चासेमा र बुढीमाँ छिम्केश्वरी केबुलकार लिमिटेडमार्फत तनहुँको छिम्केश्वरीमा केबुलकार निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  २ : ५७ बजे