३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


लेलेका किसानलाई प्राकृतिक प्रणालीबाट कृषि तालिम



विभिन्न सहकारी संघ संस्थाको सहयोगमा प्रकृतिक कृषी प्रणाली अन्र्तगत १ सय २२ जना कृषकलाई नर्सरी व्यवस्थापन तालिम दिइएको हो

३० चैत्र । ललितपुर लेलेका किसानले प्राकृतिक प्रणालीबाट तरकारी तथा अन्य वाली विकासको लागि नर्सरी व्यवस्थापन तालिम लिएका छन् ।

लेले सामुदायिक विकास केन्द्रको समन्वयमा विभिन्न सहकारी संघ संस्थाको सहयोगमा प्रकृतिक कृषी प्रणाली अन्र्तगत १ सय २२ जना कृषकलाई नर्सरी व्यवस्थापन तालिम दिइएको हो ।

किसानहरुले तालिममा वेर्ना उत्पादनको ठाँउ तयारी, रैथाने सुक्ष्म जिवाणुको संरक्षण, छापोको प्रयोगमार्फत किरा नियन्त्रण गर्ने विधिबारे तालिम लिएका हुन् ।  उनीहरुले तालिमपछि प्रकृतिक विधि अपनाएर तरकारी बेर्ना उत्पादनपछि खेती सुरु गरेको लेले सामुदायिक केन्द्रका अध्यक्ष गणेश बहादुर नगरकोटीले जानकारी दिएका छन् ।

परम्परागत विधिबाट वेर्ना तयार गरिरहेका कृषक चन्द्रकुमारी घलानले प्राकृतिक विधी अपनाएर वेर्ना उत्पादन गर्न जानेकोमा खुशी लागेको बताइन्।

कृषक समुहअन्र्तगत आउदा दिनमा जग्गा तयारी, बेर्नासार्ने, कम्पोष्ट मल बनाउने, गोडमेल गर्ने, मलको प्रयोग,काँटछाँट साथ साथै प्राविधिक सहयोग गर्ने योजना रहेको केन्द्रका अध्यक्ष गणेशबहादुर नगरकोटीले बताएका छन् ।

नेभर हेप्पीविन फाउण्डे्शनकको आर्थिक सहयोग,गुड नेर्वस इन्टरनेशनल नेपालको प्राविधिक सहयोग र लेले सामुदायिक विकास केन्द्रको समन्वयमामा यो तालिम आयोजना गरिएको बताइएको छ ।

 

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ५ : १२ बजे