१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुमेरु सहकारी संकट : पिडित संर्घष समितीमा भाँडभैलो, संकट थपिदै



३ बैशाख । ललितपुरको पुल्चोकमा कार्यालय खडा गरेर सञ्चालित सुमेरु बचत तथा ऋण सहकारी चक्रव्युमा फसेको छ ।
पटक पटक ताकेता गर्दा पनि पैसा नपाएको भन्दै बचतकर्ता भेला भएर सुमेरु बचत तथा ऋण सहकारी पिडित संर्घष समिती गठन गरे पनि बचतकर्तामा एकता नहुँदा अन्यौल बढेको छ ।
भेलाले ११ सदस्यीय संर्घष समिती गठन गर्दै राम भण्डारी क्षेत्रीलाई संयोजक बनाएको थियो । संर्घष समितीले व्यवस्थापन समितीसँग छलफल पनि गरेको थियो । छलफलपछि व्यवस्थापनले समितीका सदस्यहरुलाई मिलेर काम गर्ने भने पनि काम अघि बढेको छैन ।
सहकारीले संचालन गरेको विभिन्न कम्पनीबाट आम्दानी सहकारीमा नआएकोले समस्या गहिरिदै गएको एक सदस्यले बताए ।
संर्घष समितीभित्र पनि विभिन्न समूह बन्दै जाँदा संर्घष समिती निश्क्रिय बनेको छ । समितीभित्र एउटा प्यानल भरत महर्जनको समर्थन गर्ने अवस्थामा पुगेको छ । अर्को समूह धेरै पैसा भएकाहरुको छ । उनीहरु झगडा गर्दा झन् पैसा आउदैन कि भनेर आत्तिएका छन् । साथै अध्यक्ष दाहाल पक्षका मान्छेले फकाएर पैसा बचत गर्न ल्याएका बचतकर्ताहरु सहकारीकै पक्षमा खुल्न थालेपछि संर्घष समिती आफू आफूमै भिड्नमा व्यस्त छ ।
सहकारीभित्रकै विभिन्न व्यक्तिले प्रलोभन दिएपछि संर्घष समिती नै संकटमा फसेको छ भने सहकारीबाट बचत फिर्ता लिन झन् कठीन बन्दै गएको छ ।
राम भण्डारी क्षेत्री संयोजक रहेको संर्घष समितीको सदस्यहरुमा सुरज महर्जन,बोधराज भण्डारी,ठाकुरचन्द्र श्रेष्ठ,अमृत भुजेल,शोमिता केसी,सन्तोषकुमार रौनियार,सुमिता मालाकार,हेमकुमार थापामगर,महेन्द्र मानन्धर र नारायण श्रेष्ठ रहेका थिए ।
गएको २०७७ साल पौष २४ गते सहकारीको २० औं साधारण सभाले हेमराज दाहालको अध्यक्षतामा सञ्चालक समिती गठन गरेको थियो । अध्यक्षमा दाहाल रहे पनि सहकारीको धेरै पैसा पुर्वअध्यक्ष भरत महर्जनले चलाएको भन्दै सहकारीका बचतकर्ता र शेयरधनी आत्तिएका छन् ।
संर्घष समिती आफु आफूमै संर्घष गर्दा बचत फिर्ता हुने सम्भावना टर्दै गएको छ । उनीहरुले न त सहकारीलाई दबाब दिने हैसियतमा छन् । न त धर्ना वा आन्दोलन गर्ने अवस्थामा नै ।
सहकारीमा पैसा लिन जाँदा सदस्यहरुलाई सहकारीका कर्मचारीहरुले हामीसँग अस्पताललगायतमा धेरै लगानी छ भन्दै फकाउने गरेको एक सदस्यले ललितखबरसँग बताइन् । ‘हामीसँग नाफामा गएका संस्थाहरु छन् । नआत्तिनुस् भन्दै फकाउछन् । के गर्नु ?’ एक बचतकर्ताले बताइन् ।


एकातिर सहकारीले बचतकर्ताको पैसा फिर्ता गर्न सकेको छैन भने सहकारीको लगानी रहेको सुमेरु समूहका अध्यक्ष भरत महर्जन दश बाहिर रहेकाले संकट झन् चुलिएको एक बचतकर्ता बताउछन् ।
गत चैत्र १० गते सूचना प्रकाशित गरेर बचत फिर्ता गर्न कठीन रहेको जानकारी दिएपछि सहकारीका बचतकर्ता पछिल्लो समय पैसा फिर्ता पाउनु पर्ने भन्दै संगठित भएका थिए ।
संर्घष समितीका एक सदस्यले सहकारीको ८ अर्व बचतकर्ताको बचत देखिएको बताए । उनले भने, ‘तर हामीले सहकारीसँग पर्याप्त सम्पती देखेनौं । सहकारीका अध्यक्षको व्यक्तिगत सम्पती चाही देखिन्छ ।’
एता सहकारीमा पैसा दिन आउने र पैसा नदिदा कर्मचारीलाई आक्रोस पोख्ने बचतकर्ताको संख्या दिनानुदिन बढ्दै गइरहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ५ : २९ बजे