र्ष फोटो विजेता राज बहादुर शाहीले दुर्गम क्षेत्रमा बसेर पत्रकारिता गर्न निकै कठिन रहेको भन्दैं फेस्टिवलको विजेता बन्दा आगामी दिनमा आफनो क्षेत्रमा काम गर्न थप हौसला मिलेको बताए
१० वैशाख । तेस्रो नेपालगन्ज फोटो फेस्टिवलको ‘वर्ष फोटो’ मुगुका पत्रकार राज बहादुर शाहीले जितेका छन् । उनले नगद २५ हजार ५ सय ५५ रुपैया हात पारेका छन् ।
फेस्टिवलमा खेलकुद विधाका विजेता सत्यम जोशी, पर्यटन विधाका विजेता सृजना ओली, संस्कृति तर्फको विजेता बबि साई, प्रकृति र संरक्षण तर्फको विजेता श्रीराम खत्री, दैनिक जीवन तर्फ मनोज पौडेल, कृषि तर्फ राज बहादुर शाही, नेपाल स्माईल र समाचार विधाका विजेता अंगद ढकाललाई नगद जनही ५ हजार प्राप्त गरे ।
राखेप सदस्य सदस्य सचिव घिसिङले नेपालगन्जलाई राष्ट्रिय स्तरमा चिनाउन फोटो फेस्टिवलले थप सहयोग गरेको बताए । उनले भने,‘नेपालगन्ज हरेक विधामा उत्तिकै अब्बल छ । खेलकुदका लागि त झन नेपालगन्ज महत्वपुर्ण सहर हो । फोटो फेस्टिवलमा नेपालगन्ज अगाडी भएको यसले देखाउँछ ।’
वर्ष फोटो विजेता राज बहादुर शाहीले दुर्गम क्षेत्रमा बसेर पत्रकारिता गर्न निकै कठिन रहेको भन्दैं फेस्टिवलको विजेता बन्दा आगामी दिनमा आफनो क्षेत्रमा काम गर्न थप हौसला मिलेको बताए ।
फेस्टिवलमा फोटो प्रतियोगिताबाट छानिएका ८ विधाका १ सय १५ फोटोहरु र बाँके जिल्लाका ‘एक से एक’ फोटोहरु प्रदर्शनीमा राखिएको थियो ।
दुई दिन सम्म चलेको फेस्टिवलमा करिब ३ हजार जनाले अवलोकन गरेका थिए ।
फेस्टिवलको फोटो प्रतियोगितामा डेलि लाईफ,कल्चर, टुरिजम, नेचर एण्ड कन्जरभेसन, स्र्पोट्स, नेपाल स्माईल, एग्रीकल्चर र न्युज बिधामा करिब २ हजार फोटोहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया