७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


विद्यार्थीले अव ट्युसन पढ्न नपर्ने, इविद्याको सुविधा : ‘तयारी अब घरै बसी बसी’



एप डाउनलोड गरेर सम्बन्धित कोर्षमा तोकिएको शुल्क बुझाएपछि आफूलाई चाहिएको कोर्ष लिन सकिन्छ । पाठ्यक्रममा आधारित रहेर नाम चलेका इन्टिच्युटका सम्बन्धित विषयमा ख्यातिप्राप्त शिक्षकले तयार गरेको शैक्षिक सामग्री रेकर्डेड भिडियोमार्फत अध्ययन गर्न सकिनेछ

१२ बैशाख । बिहानै आँखा मिच्दै ट्युसन हिँड्नुपर्ने, गाडीमा कोचाकोच हुनुपर्ने र कक्षा कोठामा ठेलमठेल गरेर तयारी कक्षामा सहभागी हुनुपर्ने दिनहरु अब अन्त्य हुने भएको छ ।

इविद्या डटकमले घरमै बसेर आफूलाई उपयुक्त समयमा अध्ययन गर्ने व्यवस्था मिलाएपछि पुरानो झन्झटिलो प्रक्रियाको अन्त्य हुने भएको हो । जसले गर्दा समयको वचत मात्र होइन, सजिलो माध्यमबाट गुणस्तरीय सिकाइ हुने र उत्कृष्ट नतिजा प्राप्त हुने इविद्या डटकमको दाबी छ ।

नयाँ वर्षको अवसरमा वैशाख महिनाभरिलाई एसइइ परीक्षा दिएर बसेका विद्यार्थीलाई निःशुल्क ब्रिज कोर्ष, कक्षा ११ र १२ को लागि अङ्ग्रेजी र एकाउन्टको भिडियो कक्षा पनि निःशुल्क राखिएको छ । त्यसैगरी भाषा परीक्षाको तयारीको लागि जापानी र कोरियन भाषा कक्षा पनि निःशुल्क राखिएको कम्पनीले जनाएको छ ।

कम्पनीले मोबाइल एप सञ्चालनमा ल्याएको छ । आफ्नो मोबाइलमा एप डाउनलोड गरी आफूलाई आवश्यक परेको कोर्ष निःशुल्क वा खरिद गरी अध्ययन गर्न सकिने व्यवस्था मिलाएको छ ।

त्यस्तै कम्पनीको वेबसाइटबाट पनि आफ्नो नाम रजिष्ट्रेसन गरेर आफूलाई आवश्यक परेको कोर्ष पढ्न सकिने व्यवस्था रहेको छ । एप डाउनलोड गरेर सम्बन्धित कोर्षमा तोकिएको शुल्क बुझाएपछि आफूलाई चाहिएको कोर्ष लिन सकिन्छ । पाठ्यक्रममा आधारित रहेर नाम चलेका इन्टिच्युटका सम्बन्धित विषयमा ख्यातिप्राप्त शिक्षकले तयार गरेको शैक्षिक सामग्री रेकर्डेड भिडियोमार्फत अध्ययन गर्न सकिनेछ । अध्ययनको क्रममा कुनै प्रश्न भए तत्कालै सम्बन्धित शिक्षकलाई सोध्न मिल्ने व्यवस्था पनि भिडियोमै रहेको छ । साथै, अनलाइनमार्फत नै परीक्षा दिन सकिने व्यवस्था गरेको पनि इविद्याले जनाएको छ ।

इविद्या डटकमले तत्काललाई आठ वटा तयारी कक्षा घरमै बसेर अध्ययन गर्न सकिने बताएको छ । कम्पनीका अनुसार पहिलो चरणमा कमन मेडिकल इन्ट्रान्स, इन्जिनियरिङ इन्ट्रान्स, शिक्षा सेवा आयोग तयारी, कोरियन भाषा कक्षा, जापानी भाषा कक्षा, आइएलटिएस, बौद्धिक परीक्षण, एसइईपछिको ब्रिज कोर्ष र कक्षा १२ को अङ्ग्रेजी र एकाउण्ट विषयको तयारी कक्षा घरमै बसेर अध्ययन गर्न सकिने छ ।

नेपालको शिक्षा क्षेत्रमा डिजिटल प्ल्याटफर्ममा भर्चुअल अध्ययन तथा सिकाइको लागि विभिन्न क्षेत्रमा उत्कृष्ट ठहरिएका उद्यमी युवाको समूहद्वारा स्थापना भएको एक अग्रणी कम्पनी हो इविद्या । कोभिड महामारीपश्चात् प्रत्यक्ष भेटघाटबाट जोगिन र भर्चुअल माध्यम प्रयोग गर्ने पाठ सिकाएको छ । भौतिकरुपमा कक्षा कोठामा उपस्थित भएर अध्ययन गर्ने परम्परागत तरीकामा परिर्वतन गरी कयौँ मुलुकले इन्टरनेटका विभिन्न प्ल्याटफर्ममार्फत डिजिटल अध्ययनको प्रबन्ध गरेका छन् । नेपालमा पनि यस्तो सेवा दिने भरपर्दो प्ल्याटफर्मको रुपमा इविद्या एजुकेशन स्थापना गरिएको कम्पनीका अध्यक्ष भानु दाहालले बताएका छन् ।

कम्पनीले परम्परागत सिकाइ प्रणालीलाई नयाँ दृष्टिकोणका साथ रुपान्तरण गर्ने र कम लागत, सजिलै पहुँच एवं घरमै बसीबसी आफूलाई उपयुक्त समयमा अध्ययन गर्नसक्ने प्रबन्ध मिलाएकाले कम्पनीको मोबाइल एप डाउनलोड गरी सुविधाको फाइदा उठाउन अध्यक्ष दाहालले आग्रह गरे ।

“नेपालमा सम्बन्धित विषयमा नाम चलेका शिक्षकबाट एकै ठाउँमा पढाइ हुन्छ, समय वचत र घरेलु वातावरणमा सिक्न सकिन्छ, महँगो शुल्क बुझाएर भीडभाडमा सिक्नुपर्ने बाध्यताको हामीले विकल्प दिन खोजेका हौँ”, उनले भने ।
–––

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ५ : ५२ बजे