१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


गायिका देविका बन्दनाको संस्मरण पुस्तक ‘जित्नेको हाँसो’ विमोचन



क्यान्सरसँग लड्दाको त्यो कारणीक क्षण पुस्तकमा समेटिएको छ

 

१५ बैशाख । सुगम संगीतमा विशिष्ठ योगदान दिन सफल गायिका देविका बन्दनाको संस्करणमा आधारित पुस्तक प्रकाशन भएको छ ।
‘जित्नेको हाँसो’ नाम दिइएको सो पुस्तकको राजधानीमा मह जोडी (हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठ)ले विहीबार विमोचन गरेका छन् ।
केही बर्षअधिदेखि आफू क्यान्सर रोगबाट संक्रमित हुन पुगेको तथ्य खुलासा गर्दै गायिका बन्दनाले आफू विचना हुन नचाहेका कारण सो तथ्य गोप्य राखेको कार्यक्रममा बताएकी थिइन् । उनले भनिन्, ‘क्यान्सरसँग लड्दाको त्यो कारणीक क्षण पुस्तकमा समेटिएको छ ।’ पुस्तक लेखक चिरन बरालले लेखेका छन् भने अंग्रजी संस्करण माधव कुमार पौडेलले अनुवाद गरेका छन् ।
कार्यक्रममा बोल्दै कलाकार मदनकृष्ण श्रेष्ठले पुस्तक पढ्दा क्यान्सरसँग लड्दाको त्यो क्षण सम्झेर भावकु बनेको बताए । उनले भने, ‘मेरी श्रीमतीको क्यान्सरसँग लड्दाको क्षण म आफूले नजिकबाट भोगको छु । त्यो पिडादायी पल सम्झेर पुस्तक पढ्दा धेरै पल्ट आँसु झरेको बताए ।’
कलाकार हरिबंश आचार्यले गायिका बन्दनाको आत्मबल र क्यान्सरजस्तो डरलाग्दो रोगसँग लडेर जितेकोमा बधाई दिए । उनले भने,‘समाजमा यस्ता सकारात्मक जीवन जउिने पात्रहरु भेट्दा सधै उर्जा मिल्छ । तपाईको प्रगतिको कामना गर्छु ।’
साहित्यकार प्रकाश सायमीले कार्यक्रममा बोल्ने क्रममा पुस्तक पढ्दा आफू भावुक बनेको अनुभव सुनाए । उनले भने, ‘गायिका बन्दनाको यो सत्कर्म र रचनात्मक कामको म प्रशंशा गर्छु ।’
गायिका बन्दनाले क्यान्सर रोगसँगै लड्दै सर्वाधिक गीतहरु रेकर्ड गराएपछि गिनिज बल्र्ड रेकर्ड समेत बनाएकी छिन् । कार्यक्रममा गिनिज बुकको वल्र्ड रेकर्ड सद्भावना दुत भावना राणाले प्रमाणपत्र हस्तान्तरण गरेकी थिइन् ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  २ : २५ बजे