६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


काठमाडौंको पार्क अवस्था विग्रदै (तस्विरहरु)



काठमाडौँ १६ बैशाख । धुलो धुवाँ भीडभाड र कोलाहलपूर्ण काठमाडौँमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला ? धेरैलाई काठमाडौँ सहर घुम्दा यस्तै लाग्छ । तर काठमाडौँमा थोरै भए पनि यस्ता सुन्दर र शान्त अनि खुला ठाउँ छन् । तर यी खुला र शान्त ठाँउको अवस्था विस्तारै विग्रन थालेको छ ।

२०७२ सालको विनाशकारी भूकम्पपछि राजधानीमा खुला ठाउँको महत्त्व बढेसँगै राजधानीमा पार्कहरु बने । सरकारी र निजी क्षेत्र सहरका खुला ठाउँ संरक्षण गर्न र पार्क व्यवस्थित गर्न लागे पनि संरक्षणको भने अभाव देखिएको छ ।

पार्कमा घुम्ने संस्कृति पछिल्लो समय बढ्दै गइरहेको पनि छ । भागदौडपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्याएर आजकलका राजधानीवासी घुम्न निस्कन्छन् । तर नेपालीहरुको आनीबानीका कारण पार्कहरु फाहोर गरेर फर्कने कारण पार्महरु अस्तव्यस्त बनेका हुन् ।

पार्क निर्माणपछि संरक्षण गर्ने सरकारी निकाय पनि छैनन् । नीजि क्षेत्रले संरक्षणमा लिएका केही पार्क र आएल्याण्डको अवस्था भने राम्रो पाइन्छ ।


लामो बिदामा टाढा घुम्न जाने संस्कृति विकास भएको छ भने छोटो फुर्सदमा पार्क तथा खुला ठाउँमा टहलिने धेरै भेटिन्छन् । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका काठमाडौँ उपत्यकाका पार्कहरू जुन विस्तारै विग्रने र नासिने अवस्थातर्फ गएका छन् ः

 

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ६ : ५७ बजे