६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


हात्तीखोलामा पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु



शनिबार दिउँसो पौडी खेल्न जाने क्रममा पोखरीमा डुबेकी बलिकालाई बेहोस अवस्थामा उद्धार गरी उपचारका लागि बकैया आधारभूत स्वास्थ्य केन्द्र छतिवन पठाएको र बालिकाको उपचारका क्रममा मृत्यु भएको

 

१७ बैशाख । मकवानपुरमा पौडी खेल्ने क्रममा पोखरीमा डुबेर ११ वर्षीया बालिकाको मृत्यु भएको छ ।
मकवानपुरको बकैया गाउँपालिका ७ हात्तीखोलास्थित सार्वजनिक जग्गामा सिँचाइका लागि खनेको पोखरीमा पौडी खेल्ने क्रममा सोही ठाउँ बस्ने रामकुमार राईकी ११ वर्षीया छोरी बिनिता राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार दिउँसो पौडी खेल्न जाने क्रममा पोखरीमा डुबेकी बलिकालाई बेहोस अवस्थामा उद्धार गरी उपचारका लागि बकैया आधारभूत स्वास्थ्य केन्द्र छतिवन पठाएको र बालिकाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १२ : ५९ बजे