८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको मच्छिन्द्र वहालबाट सन् १९७० मा चोरी भएको बुद्धको मूर्ति फिर्ता



क्यालिफोर्निया राज्यको बेर्बेर्लीहिलमा बस्दै आएका फिल्म निर्माता फिलिप्सले बुद्धको प्रतिमा (स्टेन्डिङ बुद्ध) उपलब्ध गराएको हुन्

 

१७ बैशाख । ललितपुरको मच्छिन्द्र वहालबाट सन् १९७० मा चोरी भएको बुद्धको मूर्ति फिर्ता गरिएको छ ।
अमेरिकामा फिल्म निर्माणमा सक्रिय व्यक्ति माइकल फिलिप्सले उपलब्ध गराएको पुरातात्विक महत्वको बुद्धको प्रतिमा नेपाल पठाइएको छ ।

यो ललितपुर मच्छिन्द्र बहालबाट निरत्य देवीको प्रतिमा इटम वहाल ललितपुर र बुद्धको प्रतिमा थियो । पछिल्लो एक वर्षमा दूतावासले अमेरिकाका विभिन्न ठाउँबाट पुरातात्विक सात मूर्तिी सङ्कलन गरी नेपाल पठाएको छ ।

क्यालिफोर्निया राज्यको बेर्बेर्लीहिलमा बस्दै आएका फिल्म निर्माता फिलिप्सले बुद्धको प्रतिमा (स्टेन्डिङ बुद्ध) उपलब्ध गराएको हुन् । साथैं अर्को व्यक्तिगत रुपमा ४२ ईन्च अग्लो निरत्य देवीको मूर्ति पनि सङ्कलन गरिएको छ ।

फिलिप्सले बुद्धको प्रतिमा नेपाल सरकारका तर्फबाट सानडिएगो क्यालिफोर्नियाका लागि अवैतनिक महावाणिज्यदूत ऋषि पुनाखर ढकाललाई हस्तान्तरण गरेका थिए ।
ढुङ्गाबाट बनाइएको बुद्धको प्रतिमा आठौँं शताब्दिको र काठबाट बनाइएको निरत्य देवीको प्रतिमा दशौँं शताब्दीमा निर्माण गरिएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ७ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।