२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दक्षिणकाली छैमलेका एक पुरुष बलात्कारको अभियोगमा पक्राउ



काठमाडौं
१८ वैशाख । दक्षिणकाली छैमलेका एक पुरुष बलात्कारको अभियोगमा पक्राउ गरेका छन् ।
प्रहरीका अनुसार १२ वर्षीया बालिकालाई बलत्कार(जबरजस्ती करणी) गरेको अभियोगमा दक्षिणकाली नगरपालिका ८ छैमले घर भएका ३७ वर्षीय पूर्ण बहादुर बलामीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
बलामीले ती बालिकालाई वैशाख १० गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ३ : ०२ बजे